ताजा अपडेट

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पूर्ण सरसफाइ घोषणाको अन्तिम तयारीमा वाणगंगा–८, सबै सूचक पूरा

Lumbini Darpan 1 २०८३ असार २०, शनिबार २१:२९
[sharethis-inline-buttons]

जितपुर। वाणगंगा नगरपालिका–८ पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा पुगेको छ। पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भइसकेकाले अब औपचारिक घोषणा मात्रै बाँकी रहेको वडा कार्यालयले जनाएको छ।

घोषणाअघि आयोजित अन्तिम समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीले पूर्ण सरसफाइका मापदण्डलाई व्यवहारमै निरन्तर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा वाणगंगा नगरपालिकाका वातावरणविद् नवीन पाण्डेले पूर्ण सरसफाइ शौचालय निर्माणमा मात्र सीमित नभई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र स्वास्थ्यकर जीवनशैलीसँग जोडिएको समग्र अभियान भएको बताए। उनका अनुसार सरसफाइका सूचक व्यवहारमा प्रभावकारी रूपमा लागू भए मात्रै स्वस्थ, सुरक्षित र दिगो समुदाय निर्माण सम्भव हुन्छ।

प्रमुख अतिथि एवं नगर उपप्रमुख रीता कुमारी चौधरीले वडा नं. ८ पूर्ण सरसफाइ घोषणाको अन्तिम चरणमा पुग्नु सम्पूर्ण वडावासीका लागि गौरवको विषय भएको बताइन्। उनले सरसफाइलाई नगर विकासको आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै घोषणा मात्रै पर्याप्त नहुने, प्राप्त उपलब्धिलाई दीगो बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको धारणा राखिन्।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष बाबुराम अर्यालले पूर्ण सरसफाइ घोषणासम्म आइपुग्नु वडावासीको एकता, मेहनत र साझा प्रतिबद्धताको परिणाम भएको बताए। उनले सरसफाइ कुनै एकदिने अभियान नभई दैनिक जीवनशैली र संस्कार भएको उल्लेख गर्दै घोषणा पश्चात् पनि वातावरण संरक्षण, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, सुरक्षित खानेपानीको प्रयोग तथा सार्वजनिक स्थलको नियमित सरसफाइमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
वडा कार्यालयका अनुसार प्रत्येक घरधुरीमा सुरक्षित शौचालयको प्रयोग, साबुनपानीले हात धुने बानी, सुरक्षित खानेपानीको प्रयोग, घर तथा सार्वजनिक स्थलको नियमित सरसफाइ, फोहोरको उचित व्यवस्थापन, ढल तथा पानीको सुरक्षित निकास तथा खुला रूपमा फोहोर फाल्ने प्रवृत्तिको अन्त्यलगायत पूर्ण सरसफाइका सबै सूचक प्रभावकारी रूपमा कार्यान्वयन भइसकेका छन्।
स्थानीयवासीको सक्रिय सहभागिता, जनप्रतिनिधिको नेतृत्व तथा सरोकारवाला निकाय र सामुदायिक संस्थाको सहकार्यबाट प्राप्त उपलब्धिले वाणगंगा नगरपालिकाभित्र सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रीता कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा वडा सचिव विष्णु गौतम, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य शैलेन्द्र बेल्वासेले गरेका थिए।


प्रकाशित : २०८३ असार २०, शनिबार २१:२९

Lumbini Darpan 1

लेखकबाट थप

  • सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा
  • बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति
  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने
  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश
  • जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान
प्रतिक्रिया

यो पनि पढौँ

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

लोकभजन–चुड्का संरक्षणमा बाणगंगाको सक्रियता : नगर कार्यसमितिको पहिलो बैठक सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

भर्खरै

  • बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

  • नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

  • सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

  • बाणगङ्गामा आज ‘कपिलवस्तु डान्स च्याम्प’को फाइनल, विद्यार्थी प्रतिभासँगै समीर एण्ड द इको ब्याण्डको लाइभ प्रस्तुति

  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण

  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

  • प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

  • दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech