ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

Lumbini Darpan 2 २०७९ भाद्र १४, मंगलवार ०७:५५
[sharethis-inline-buttons]

लुदअ भदौ १४, काठमाण्डौ
७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश(१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।

१७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ । गएको वर्ष ५८ जिल्लामा डेङ्गी फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।

२०७६ सालमा भने डेङ्गी फैलिएको थियो । त्यतिबेला १० हजारभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण भएको थियो । यसपालि पनि डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकारसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । तर, डेङ्गी रोकथामका लागि यो मात्रै पर्याप्त नभएको डाक्टर दाहालले बताउनुभयो । डेङ्गीको सङ्क्रमण रोकथामका लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा उहाँको जोड छ । डेङ्गी सङ्क्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय उज्यालोमा टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार एडिस जातको लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि बढी सक्रिय हुन्छ । त्यसैले यो समयमा बढी सचेत हुनुपर्छ । ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।

 


प्रकाशित : २०७९ भाद्र १४, मंगलवार ०७:५५

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

कोपवा स्वास्थ्य चौकीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४ सय ९० जनाले लिए स्वास्थ्य परीक्षण सेवा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

उपचारबापतको १८ करोड भुक्तानी रोकिँदा सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा

विपद् प्राधिकरणद्वारा सम्भावित शीतलहरको पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

सेमराबजार स्वास्थ्य चौकीलाई ३ करोडको बजेट ,कार्यान्वयनका लागि सहजीकरण कार्यक्रम सम्पन्न

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech