
मोहन बेल्वासे, जितपुर
कपिलवस्तुको हथौसा लिटिल स्टार ईङ्गिस बोडिङ स्कुलमा यहि भदौ १७ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ ।
७ औं लुम्बिनी हव सम्मेलन हुने भएको हो । कपिलवस्तुका १७ र रुपन्देहीको १ गरि १८ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव २ सय बढी विद्यार्थीले भाग लिने जनाईएको छ । कार्यक्रमबारे जानकारी दिन आज पत्रकार संम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी हवका कोडिनेटर तथा कार्यक्रम संयोजक मिलन भण्डारीले एस. क्यु. सी.अन्र्तरगत विद्यार्थीहरुको स-साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्ष्मता अभिवृद्धि गर्ने बताए । शुक्रवार हुने उक्त कार्यक्रममा क्विज, हिज्जे र अन्य विधा गरि ५ विधामा प्रतियोगिता गराईने समेत जानकारी गराएका थिए । संक्षिप्त पत्रकार सम्मेलनमा एस. क्यु. सी बारे जानकारी गराउदै हथौसा लिटिल स्टारका प्रिन्सीपल एवं कार्यक्रमका सह संयोजक सुन्दर पाण्डेले विधार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पुर्याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्याब्सन बाणगंगाका नगर सल्लाहकार एवं ज्ञानपुञ्ज बोडिङ स्कुलका निर्देशक रोमकान्त घिमिरे, कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनका अध्यक्ष युवराज पोख्रेल, अन्नपुर्ण विद्यामन्दिरका प्रिन्सीपल मदन मल्ल, एस. क्यु. सी.का मास्टर ट्रेनरहरु लगाएतका शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थी गुणीय चक्र के हो त ?
सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ। र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन। यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो। जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन। साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।
यसले काम कसरी गर्छ ?
यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन, त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ लुम्बिनी दर्पणले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएको थियो ।
कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ। समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूर्ण मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्ययन विधि हो ।

