ताजा अपडेट

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको हथौसा लिटिल स्टारमा ७ औ लुम्बिनी एस. क्यु. सी. सम्मेलन हुने

लुम्बिनी दर्पण २०७९ भाद्र १५, बुधबार १७:३८
[sharethis-inline-buttons]

मोहन बेल्वासे, जितपुर

कपिलवस्तुको हथौसा लिटिल स्टार ईङ्गिस बोडिङ स्कुलमा यहि भदौ १७ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ ।

७ औं लुम्बिनी हव सम्मेलन हुने भएको हो । कपिलवस्तुका १७ र रुपन्देहीको १ गरि १८ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव २ सय बढी विद्यार्थीले भाग लिने जनाईएको छ । कार्यक्रमबारे जानकारी दिन आज पत्रकार संम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी हवका कोडिनेटर तथा कार्यक्रम संयोजक मिलन भण्डारीले एस. क्यु. सी.अन्र्तरगत विद्यार्थीहरुको स-साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्ष्मता अभिवृद्धि गर्ने बताए । शुक्रवार हुने उक्त कार्यक्रममा क्विज, हिज्जे र अन्य विधा गरि ५ विधामा प्रतियोगिता गराईने समेत जानकारी गराएका थिए । संक्षिप्त पत्रकार सम्मेलनमा एस. क्यु. सी बारे जानकारी गराउदै हथौसा लिटिल स्टारका प्रिन्सीपल एवं कार्यक्रमका सह संयोजक सुन्दर पाण्डेले विधार्थीहरुलाई श्रजनशिल  बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पुर्‍याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्याब्सन बाणगंगाका नगर सल्लाहकार एवं ज्ञानपुञ्ज बोडिङ स्कुलका निर्देशक रोमकान्त घिमिरे, कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनका अध्यक्ष युवराज पोख्रेल, अन्नपुर्ण विद्यामन्दिरका प्रिन्सीपल मदन मल्ल, एस. क्यु. सी.का मास्टर ट्रेनरहरु लगाएतका शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी गुणीय चक्र के हो त ?
सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ। र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन। यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो। जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन। साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।

 यसले काम कसरी गर्छ ?
यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन, त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ लुम्बिनी दर्पणले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएको थियो ।

कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ। समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूर्ण मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्ययन विधि हो ।


प्रकाशित : २०७९ भाद्र १५, बुधबार १७:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश साक्षर घाेषणा

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

बुद्धभूमि नगरपालिका र प्रो पब्लिकको संयुक्त आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

कान्तिका प्रज्वल पन्थीले ल्याए ३.९६ जिपिए, नेपाल प्रथम भएको विद्यालयको दावी

भर्खरै

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

  • विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech