अखिल (छैठौं) ले झुन्ड्यायो भैरहवा बहुमुखी क्याम्पसमा कालो ब्यानर

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

अखिल (छैठौं) रुपन्देहीले भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा कालो ब्यानर झुन्ड्याएको छ ।

२०७९ भदौ २६ गते आइतबारका दिन अखिल (छैठौं) ले कालो ब्यानर झुन्ड्याएको हो ।

अखिल (छैठौं) रुपन्देही अध्यक्ष सागर बेल्वासे, केन्द्रीय सदस्य टेकराज भुसाल, जिल्ला उपाध्यक्ष कुलचन्द्र शर्मा र कोषाध्यक्ष विमल खरेलको उपस्थितिमा ब्यानर झुन्ड्याइएको छ ।

ब्यानरमा सङ्घीयता, एमसिसी, एसपिपी र राष्ट्रघाती नागरिकताको खारेजी, शैक्षिक माफियाकरणको अन्त्य, मूल्यवृद्धि, कालोबजारी र भ्रष्टाचार निययन्त्र र शैक्षिक क्षेत्रमा निजीकरण तथा राजनैतिक भागबन्डाको अन्त्य जस्ता विषय समेटिएको छ ।

आजै अखिल (छैठौं) रुपन्देहीले शैक्षिक समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार १७:२४