अर्घाखाँची, १६ असोज ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुवेका शितगंगा(३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।
विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भए पनि अन्यत्र पठाउने तयारी गरिएको छ ।
पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए । ूयहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैनू रेग्मीले भने ूतर उहाँ जीवित भने हुनुहुन्न ।ू
नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् । न्युज कारखाना