
लुदस, बुटवल
अंग्रेजी माध्यममा काठमाडौबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले नेपाल शिक्षा पुरस्कार २०२२ रुपमा दुबईमा सम्पन्न गरेको छ ।
उक्त अवसरमा बुटवल उपमहानगर पालिका वाड नम्बर ९ मा रहेकाे स्कलर्स हाेम स्कुलले लुम्बिनी प्रदेशको उदयमान स्कुल रुपमा पुरस्कृत भएकाे छ।
कलेज रिडर्सले निजी विद्यालय तर्फ बुटवलको स्कलर्स होम एकेडेमीले उदाउदो प्लस टु स्कुल अफ द एयर २०२२ प्राप्त गरेको कलेजका प्रधान अध्यापक वावुराम बन्जाडेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि व्यापारिक परिषद दुबईका अध्यक्ष डा. असिक अली ,विशिष्ट अतिथि दुबई सरकारका सुरक्षा अफिसर मोहमद हुसेन, विशिष्ट अतिथि मधेश विश्व विद्यालयका उप कुलपति प्रा.डा. दिपक शाक्यले नेपाल अधिराज्य भरका विभिन्न क्याम्पस,विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा १६ वटा व्यक्तिहरु गरी ५० वटा अवार्डहरु वितरण गरिएको थियो |
सामुदायिक विद्यालय तर्फ सर्वेात्कृष्ट सामुदायिक विद्यालय अफ एयर २०२२ मा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि मात्र परेको छ / भने अन्य सबै विद्यामा हिसान, प्याव्सन तथा एनप्याव्सन संग सम्बन्धित क्याम्पस, विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले प्राप्त गरेका छन् | पोखरा विश्व विद्यालयका रजिष्टर प्रा.डा. दीपक बहादुर भण्डारीको संयोजकत्वमा अवार्ड मुल्यांकन गर्न ३ सदस्सीय कार्यदल गठन गरिएको थियो |
