रुपन्देहीको गैडहवामा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु

[sharethis-inline-buttons]

२२ कात्तिक

रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ ।

लु ५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए । दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार १९:१८