भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ

भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे ।

भारतले दिएकाे एक सय एक सय ६९ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायाे । उसका लागि एलेक्स हेल्स र जाेस बटलरले रन बनाए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायाे । उसका लागि हार्दिक पान्डेयाले ६३ र विराट काेहलीले ५० रन बनाए । बलिङतर्फ क्रिस जाेर्डनले तीन विकेट लिए ।

अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदाे आइतवार पाकिस्तानसँग खेल्नेछ ।


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार १३:१२