ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कस्तो छ मेसी र रोनाल्डोको विश्वकपमा प्रदर्शन ?

लुम्बिनी दर्पण २०७९ मंसिर १, बिहीबार १४:५९
[sharethis-inline-buttons]

काठमाडौँ । विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप फुटबल खेल्दै छन् । दुवैले आ–आफ्नो क्लबलाई धेरै उपाधि दिलाएका छन् । तर दुवै दिग्गज आफ्नो पहिलो विश्वकप ट्रफीको पर्खाइमा छन् ।

३५ वर्षीय मेसीले अर्जेन्टिनाको नेतृत्व गर्नेछन् । यो उनको पाँचौं र सम्भवतः अन्तिम विश्वकप हुनेछ । अर्जेन्टिनाले ४४ वर्षदेखि विश्वकप ट्रफी जित्न सकेको छैन । यसबीचमा दुई पटक यो टोली उपाधिको निकै नजिक पुगेपनि फाइनलमा पराजित भएको थियो । गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका कपको उपाधि जितेको थियो । यस्तो अवस्थामा मेसीले अर्जेन्टिनाको ४४ वर्षको उपाधि खडेरी अन्त्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

योसँगै रोनाल्डोको टोली पोर्चुगलले एकपटक पनि विश्वकपको उपाधि जित्न सकेको छैन । ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम प्रतियोगिता हुने विश्वास गरिएको छ र उनी यो प्रतियोगिता जित्न चाहन्छन् ।

विश्वकपअघि मेसीले अहिले सबै राष्ट्रिय टोलीसँग खेल्न गाह्रो भएको बताएका छन् । विश्वकपमा कुनै पनि टोलीलाई हराउन सजिलो छैन । फ्रान्स र ब्राजिल राम्रा टोली हुन् र शीर्ष श्रेणीका खेलाडीहरू रशेको मेसीले बताएका छन् ।

अर्जेन्टिनाको सबैभन्दा ठूलो बल भनेको उनीहरूसँग विश्वका उत्कृष्ट फरवार्डहरू मध्ये एक मेसी छन् । मेसी बाहेक अर्जेन्टिनामा फरवार्ड लाउटारो मार्टिनेज र एन्जल डि मारिया पनि छन्, जसले मेसीमाथि गोल गर्ने दबाब केही हदसम्म कम गर्न सक्छन् ।

त्यस्तै अर्जेन्टिनाका केहि कमजोरी पनि रहेका छन् । पछिल्लो समय अर्जेन्टिनाको डिफेन्सिभ रेकर्ड राम्रो रहेको देखिदैन । यस विश्वकपमा उत्कृष्ट मिडफिल्ड र फरवार्ड रहेको अर्जेन्टिनाको डिफेन्सको परीक्षा हुने भएको छ ।

अर्जेन्टिनाका खेलाडीहरूले प्राय: स्टार खेलाडी लियोनल मेसीलाई बल पास गर्ने प्रयास गर्छन् ताकि उनले बललाई गोलपोस्टमा पुर्याउन सकुन । मेसीलाई बल दिने जिम्मेवारी लिएन्ड्रो परेडेस र रोड्रिगो डे पल जस्ता राम्रा मिडफिल्डरको काँधमा छ ।

मेसीले २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलेका छन् । ३ खेल खेलेपछि मेस्सी यस प्रतियोगितामा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी बन्ने छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ४४ वर्षदेखि विश्वकप ट्रफीको प्रतिक्षामा छ ।

विश्वकपमा मेसीको अहिलेसम्मको प्रदर्शनको कुरा गर्दा मेसीले अहिलेसम्म विश्वकपका १९ खेल खेलेका छन् । जसमा उनले ६ गोल गरेका छन् भने ५ गोल असिस्ट गरेका छन् ।

विश्वकप खेल्ने अर्जेन्टिनाको टिम:

गोलकिपर: एमिलियानो मार्टिनेज, फ्रान्को अरमानी, जेरोनिमो रुल्ली ।
डिफेन्डर: गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, जर्मन पाजेला, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, जुआन फोयथ, निकोलस टेग्लियाफिको, मार्कोस अकुना ।
मिडफिल्डर: लिआन्ड्रो परेडिस, गुइडो रोड्रिग्वेज, एन्जो फर्नान्डेज, रोड्रिगो डे पल, जाक्वेल पालासियोस, एलेजान्ड्रो गोमेज, एलेक्सिस म्याकअलिस्टर ।
फरवार्ड: पाउलो डिबेला, लियोनेल मेसी, एन्जेल डि मारिया, निकोलस गोन्जालेज, जोकिन कोरिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोले विश्वकपमा अहिले सम्म १७ खेल खेलेका छन् । जसमा रोनाल्डोले ७ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् । ३ गोलसँगै रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

एक गोलसँगै रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् ।

सन् १९६६ मा पोर्चुगलको टोली तेस्रो भएको थियो र यो विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन हो ।

पोर्चुगलको विश्वकपमा प्रमुख खेलाडी ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो नै हुन् । टोलीले उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । रोनाल्डो बाहेक टोलीमा गोल गर्ने क्षमता भएका जोआओ फेलिक्स पनि छन् । टोलीसँग अनुभवी गोलकिपर रुई प्याट्रिको पनि छन्, जसले २०१६ को युरो जितमा राम्रो भूमिका खेलेका थिए । मिडफिल्डमा, ब्रुनो फर्नान्डिस र बर्नार्डो सिल्भा गोल गर्ने अवसरहरू सिर्जना गर्ने जिम्मेवारीमा छन् ।

आँकडामा पोर्चुगल बलियो टिम देखिएपनि यसका कमजोरी पनि छन् । रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्छन् र इङ्लिस प्रिमियर लिगमा आफ्नो खराब फर्मसँग संघर्ष गरिरहेका छन् । पछिल्लो समय पोर्चुगिज टोलीको फार्म खासै राम्रो रहेको छैन । पोर्चुगलले छनौट चरणमा पनि प्लेअफ खेलेर विश्वकपमा आएकोले टिम अनुसारको खेल प्रदर्शन गर्न सकेको छैन । पछिल्लो समय नेसन्स लिगमा पनि स्विट्जरल्याण्ड र स्पेनसँग हार बेहोरेको थियो । टोलीको खराब फर्म सबैभन्दा ठूलो कमजोरी हो ।

प्रशिक्षक फर्नान्डो सान्तोस रक्षात्मक रणनीतिमा जाँदैनन् । छनोट चरणमा उनको टोलीले आक्रामक खेलेको थियो । सान्तोसले प्रत्येक टोलीविरुद्ध फरक रणनीति बनाउँछन् र टोलीले त्यही अनुसार खेल्छ ।

विश्वकप खेल्ने पोर्चुगलको टिम:

गोलकिपर: डिओगो कोस्टा, रुई प्याट्रिको, जोसे सा।
डिफेन्डर: डिओगो डालोट, जोआओ क्यान्सेलो, डानिलो परेरा, पेपे, रुबेन डायस, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, राफेल गुरेइरो ।
मिडफिल्डर: रुबेन नेभ्स, जोआओ पाल्हिन्हा, विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, भिटिन्हा, ओटाभियो, जोआओ मारियो, म्याथियास नुनेस, बर्नार्डो सिल्भा ।
फरवार्ड: राफेल लिओ, जोआओ फेलिक्स, रिकार्डो होर्टा, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार १४:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech