
लुदअ, कपिलवस्तु
जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम ल्याउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलिया स्थित लुम्बिनी भिजन कलेजले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११, बिबिएस प्रथम बर्ष तथा बिबिए प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको हो भने बिबिएस चौथो बर्षका विद्यार्थीहरुलाई विदाई गरिएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद आजको बजारले मागेको शिक्षा विद्यालयले दिनु पर्ने बताउनु भएको छ । सांसद पन्थीले जिल्लामा पहिलो पटक विविए कलेज खोलेको लुम्बिनी भिजनले उत्पादन गरेका विद्यार्थी भोलि देशको जुनसुकै ठाउँमा गएर पनि प्रतिस्प्रधा गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
वाणगंगा नगरपािलका वडा नम्बर ३ का वडा अध्यक्ष टेकवाहादुर झेडीले कार्यक्रममा बोल्दै शिक्षाले व्यक्तिको जिवनमा परिवर्तन मात्रै होईन सर्वाङगीण विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै शिक्षा र कलेजको विकासमा सधै साथ दिने बताउनु भयो । साथै उहाँले वाणगंगा नगरपािलकालाई शिक्षा क्षेत्रमा अगाडी बढाउन सम्पुर्ण विद्यार्थीलाई आग्रह गर्नु भयो ।
वाणगंगा नगरपािलका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले व्यवहारिक जिवनलाई परिर्वतन गदै समाज रुपान्तरणमा विद्यार्थीको अहम भुमिका रहने बताउनु भयो । स्थानिय स्तरबाट सञ्चालन हुने कलेजले बाहिरी जिल्लाको भन्दा पनि राम्रो शिक्षा दिने बताउदै नगरले शिक्षा क्षेत्रमा सधै साथ सहयोग गर्ने तर्क गर्नु भयो ।
विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले लुम्बिनी भिजन कलेजले उत्पादन गरेका विद्यार्थी बाहिरि जिल्ला सँग प्रतिस्प्रधा गर्न सक्ने बताउदै १६ जानाबाट सुरु गरेको कलेजमा अहिले ४ सय जना पुगेको बताउनु भयो । लुम्बिनी भिजन कलेज रोजेकोमा विद्यार्थीलाई धन्यवाद दिदै संस्कार सहितको शिक्षा कलेजले प्रदान गर्दैै आएको उहाँले बताउनु भयो ।
स्वागत भएका कक्षा ११ का प्रिती खण्डका, विविए प्रथम वर्षका बसन्त खनालले बोल्दै जिल्लामा नभएको विविए कलेज ल्याएर आफुले रोजेको विषय पढ्न पाउदा खुसि भएको बताउनु भयो । यता कक्षा ११ र स्नातक विविए र विविएसमा प्रथम वर्षमा पढ्ने विद्यार्थीलाई स्वागत गरिएको थियो भने विविए र विविएस चौथो वर्ष पास गरेका विद्यार्थीलाई विदाई तथा समान गरिएको थियो । विविए तेस्रो वर्षका विद्यार्थी रामअचल बानियाको अध्यक्ष्यता, लुबिनी भिजन कलेज सिइओ कृष्ण केसिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक मनोज खत्रीले गर्नु भएको थियो ।
यता कलेजले विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारीलाई पनि सम्मान गरेको थियो भने कलेजले आयोजना गरेका विभिन्न विधाका कार्यक्रमहरुको विद्यार्थीलाई मेडल र प्रमाण पत्र पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरू विभिन्न सांस्कृतीक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए ।

