ताजा अपडेट

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Lumbini Darpan 2 २०७९ पुष २७, बुधबार ०७:१२
[sharethis-inline-buttons]

लुदअ पुस २७, काठमाण्डौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाई छ ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

बाँकेलाई दुई वर्ष अघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । तर, गएको १३ गतेदेखि दादुराका बिरामी भेटिएका थिए ।

दादुरा सर्ने रोग हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा।विवेककुमार लालका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ ।

सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुवेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । दादुरा देखिएका ठाउँमा खोप नै नलिएका अरुमा पनि सर्ने जोखिम छ । अझ जनसंख्या धेरै भएका नेपालगञ्ज जस्ता अरु ठूला शहरमा जोखिम उच्च छ । यो चिन्ताको विषय बनेको डा। विवेककुमार लालले बताउनुभयो ।


प्रकाशित : २०७९ पुष २७, बुधबार ०७:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
प्रतिक्रिया

यो पनि पढौँ

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

पूर्ण सरसफाइ घोषणाको अन्तिम तयारीमा वाणगंगा–८, सबै सूचक पूरा

बर्डफ्लु संक्रमित पन्छी बेचे पशुसेवा बिभागले कारबाही गर्ने

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृहको निर्देशन

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

बडीमालिका जाने क्रममा बेहोस भएका लेखा अधिकृतको मृत्यु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

भर्खरै

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech