रुपन्देहीको शुद्धोधनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

[sharethis-inline-buttons]

नगेन्द्र केसी
शुद्धोधन रुपन्देही

शुद्धोधन साथी संजालको आयोजनामा र शुद्धोधन गाउँपालिका १ वडा कार्यालयको सहयोगमा दलित तथा जेहन्दार बालबालिकाहरू लाई शैक्षिक सामाग्री वितरण कार्यक्रम शुद्धोधन गाउँपालिका १ वडा कार्यालयमा सम्पन्न भएको छ। उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा शुद्धोधन साथी संजालका अध्यक्ष रामकुमारी चौधरीको अध्यक्षतामा र शुद्धोधन १ का वडा सदस्य महेन्द्र प्रसाद मल्लाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३४ जना बालबालिकालाई स्कुल व्याग कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो।

सो कार्यक्रममा शुद्धोधन १ कार्यालय सहयोगी पृथ्वी हरिजन,शुद्धोधन १ का वडा महिला मनकुमारी चौधरी,दलित महिला सदस्य कमला मुसिहर,सुनगाभा सामुदायिक विकास केन्द्रका अनुगमन संयोजक तारा काउचा लगायतले कार्यक्रमको शुभकामना मन्तब्य दिनुभएको थियो।बेलवा साथी संजालका अध्यक्ष सुनिता हरिजनको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०७९ फाल्गुन १, सोमबार १८:१२