लुदअ, बाँके
इन्सेक लुम्बिनी प्रदेश कार्यालयद्धारा गठित बाल अधिकार समुह र मानव अधिकार समुहले खजुरा गाउँपालिकामा भएका शिक्षाका विषयमा वैशाख १३ गते शिक्षा तथा खेलकुद शाखा प्रमूख खगेन्द्रबहादुर मल्लसँग भेटघाट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।
खजुरा गाउँपालिकाका सामुदायिक विद्यालयमा भएका आधारभुत आवश्यकता खानेपानी ,शौचालय, कक्षाकोठाको व्यवस्थापन , अभिभावकको विद्यालय प्रतिको दायित्व , बालमैत्री विद्यालय तथा वातावरण मैत्री विद्यालय बनाउन प्राथमिकताका आधारमा समाधानका लागि ध्यानाकर्षण बुझाएको मानव अधिकार समुहका सदस्य लक्ष्मीदत्त सुनारले बताउनुभयो ।
श्री जनकल्याण माध्यमिक विद्यालयका बाल अधिकार समुहका संरक्षक शिक्षक तीर्थबहादुर शाहीले विद्यालयहरूमा विद्यार्थी ड्रपआउट हुने , लागुपदार्थ दुव्र्यसनीमा लाग्ने , बालविवाह गर्ने जस्ता जटिल समस्याहरू बढेकोले विद्यालयमा गुणस्तरीय शिक्षा र विद्यार्थी मैत्री विद्यालय बनाई सचेत गर्न र गराउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्ले अति आवश्यक भएको सात वटा विद्यालयमा ५।५ लाख बजेट बिनियोजित गरी कार्यअगाडी बढाएको र गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यार्थी, अभिभावक , आम नागरिकको महत्वपुर्ण भुमिका रहेकोले विद्यालयमा सचेतीकरणको कार्यक्रम चलाउनु आवश्यक रहेको बताउदै विद्यालयका सानासाना समस्या ओझेलमा परेकोले समाधानका लागि प्रतिबद्ध भएको प्रतिबद्धता जनाउनु भयो ।