एसीसी प्रिमियर कप : लामिछाने बने प्लेयर अफ दि टुर्नामेन्ट

[sharethis-inline-buttons]

काठमाडौं नेपालका बलर सन्दीप लामिछाने एसीसी प्रिमियरको कपको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ चुनिएका छ्न् । सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए । यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिए । अरविन्दले प्रतियोगिताम दुई शतक र एक अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।
पुरा पढ्नुहोस्
युएईलाई हराउँदै नेपाल विजयी, अब एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्। नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासेका हुन्। नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे। उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे। अलराउन्डर झालाई आजको खेलमा तेस्रो नम्बरमै ब्याटिङका लागि पठाइएको थियो। नियमित क्रमका भीम सार्कीलाई तेस्रो चौथो नम्बरमा झारिएको थियो। सार्कीले ७२ बलमा ३६ रनको योगदान गरे। त्यसअघि नेपालले तीन विकेट लगातार गुमाएको थियो ।


प्रकाशित : २०८० बैशाख १९, मंगलवार १४:५५