स्काईलार्क बोर्डिङ्ग स्कुलमा विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलमा विद्यालय परिषदका सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । विद्यालयमा रहेका ८ सय ८३ जना विद्यार्थी मध्ये कक्षा २ देखि कक्षा १० सम्मका ६ सय ५१ विद्यार्थीको नाम मतदाता नामावलीमा भएता पनि ६ सय ३८ जना विद्यार्थीले मतदान गरेको विद्यालयका शिक्षक एवम् निर्वाचन संयोजक बिनोद भण्डारीले जानकारी दिनुभएको छ ।

विद्यालय कप्तान, उप–कप्तान तथा सदस्यीय गरी ८ पदका लागि भएको निर्वाचनमा कुल १७ जना उम्मेदवार रहेको जानकारी निर्वाचन सह संयोजक मनिष पंगेनीले जानकारी गराउनु भयो । निर्वाचन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको र नतिजा सोमबारमात्र मतगणना पश्चात प्रकाशन हुने कुरा विद्यालयका संयोजक अमर कँडेलले बताउनु भयो ।

विद्यालयका अतिरिक्त क्रियाकलापहरु एवम् विद्यार्थीहरुका हरेक गतिविधिहरुमा विद्यार्थी परिषद्को महत्वपूर्ण भूमिका रहने हुँदा विद्यार्थी परिषदले विद्यार्थीको स्वाङगीण विकासमा टेवा पु-याउनेने कुरा विद्यालयका पूर्व कप्तान ओम हरि उपाध्याय एवम् उप–कप्तान ऐरी शर्माले बताउनु भयो ।

विद्यार्थी परिषद् निर्वाचनले विद्यार्थीहरुलाई निर्वाचन प्रणालीको ज्ञान दिनुका साथै विद्यार्थीका समस्याहरु, विद्यार्थीले समाधान गर्न सक्ने उपाय अवलम्बन गरी समाधान गर्ने र विद्यालयमा आवश्यक देखिने सुधारका बारेमा सुझाव गर्नु यसको उद्देश्य रहेको जानकारी विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले गराउनु भएको छ ।


प्रकाशित : २०८० बैशाख ३०, शनिबार १६:३०