शिव पान्चायन मन्दिर तिलोत्तमा १२ को साधारण सभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा हरि गौतम चयन

[sharethis-inline-buttons]

तिलोत्तमा
शिव पान्चायन मन्दिर तिलोत्तमा १२ को २२ औ साधारण सभा तथा ८ औ अधिवेशन आज सम्पन्न भएको छ ।

सम्पन्न अधिबेशनले हरि गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा कमल गौतम , सचिवमा खुमराज कडेंल कोषाध्यक्षमा घनश्याम ज्ञवाली , सह सचिवमा पबित्रा पन्थी रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा दिपक गौतम , यमादेवि गौतम र अनिल पौडेल रहनु भएको छ ।

शिव पान्चायन मन्दिरका अध्यक्ष हरि गौतमको अध्यक्षता डिल्लीराज ज्ञवालीको प्रमुख आतिथ्यता र सचिव खुमराज कडेंलको सन्चालनमा कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रममा मन्दीरको भाबि योजना र आयब्यय समेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित : २०८० बैशाख ३०, शनिबार १७:५३