
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुलाई अभिप्ररेणात्मक तालिम प्रदान गरेको छ । अध्ययन मात्र नभई विभिन्न क्षमता विकास गर्ने उद्देश्यले कक्षा ८ देखि कक्षा १० सम्मका १ सय ९ जना विद्यार्थीका लागि १ दिने अभिप्ररेणात्मक तालिम सम्पन्न भएको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभयो । सो प्रशिक्षण जिल्लाका ख्याति प्राप्त अभिप्रेरक प्रशिक्षक मनिष मिश्रले दिनु भएको थियो ।
पशिक्षणको क्रममा उहाँले विद्यार्थीले अध्ययन गर्दा अपनाउनुपर्ने नियम, स्मरण शक्ति बढाउने उपायहरु, जिवनोपयोगी सिप तथा कलाको महत्व, दक्षता र क्षमता अभिवृद्धि गर्ने तरिका तथा लक्ष्य निर्धारणको आवश्यकता र लक्ष्य हासिल गर्नकालागि सकारात्मक सोँचको महत्वबारे स्पष्ट पार्नुभएको थियो ।
उक्त तालिमको उद्घाटन विद्यालयका प्राचार्य तोलाकान्त डम्रेले गमलामा रहेको वृक्षमा जल सेचन गरी गर्नु भएको थियो । तालिमको उद्देश्यबारे जानकारी गराउँदै प्राचार्य डुम्रेले विद्यार्थी अभिप्रेरणा तालिमले बालबालिकाको सर्वाङ्र्गीण विकासका लागि सही मार्ग निर्देशन दिने बताउनु भयो ।
उहाँले अभिप्रेरणात्मक प्रशिक्षणले विद्यार्थीमा अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गराई सही मार्गनिर्देशन प्रदान गर्नुका साथै उद्देश्य प्राप्तिका लागि अवलम्बन गर्नुपर्ने उपायहरु सिकाउने कुरामा जोड दिनु भयो । सो अभिप्रेरणा तालिमको उद्घाटन तथा समापन समारोहको सञ्चालन विद्यालयका सह–प्राचार्य अमर कँडेलले गर्नु भएको थियो ।

