
लुदअ कपिलवस्तु, जेठ ८
कपिलवस्तु नगरपालिका ३ स्थित यशोधरा माविमा इन्सेक द्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले जेठ ७ गते बैठक बसी बिद्यालयको समस्याहरुको पहिचान गरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बाल बालिकाहरुका लागि खेलकुदबाट पनि चौतर्फिक बिकास हुने भएको हुँदा आफ्नो माग सहित जेठ ८ गते बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरुको आवश्यकता, शुद्धपिउने पानीको समस्या, सौचालयमा साबुन पानीको व्यवस्था नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै पानी पर्दा बिद्यालय प्रागंणमा पानी जम्ने समस्या, बिद्यालयमा खेलकुद सामाग्रीहरुको अभाव, बिद्यालयमा बिद्युतको समस्या, बिज्ञान प्रयोगशालाको प्रयागे नहुनु, प्राथमिक उपचार सामाग्रीको अभाव, बिद्यालयमा अतिरिक्त क्रियाकलाप नहुनु ,स्कुलको वालबाउन्ड्री बनाउनु पर्ने, बिद्यालय सुन्दरीकरण गरिनुपर्ने लगाएतका बिषयहरुमा छलफल तथा पहिचान गरिएको बाल अधिकार समूहले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका शिक्षा शाखा समक्ष भलिबल सेट , व्याडमिन्टन, क्रिकेट व्याट, बास्केट बल, स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ । बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न, बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु संचालन गर्नका लागि मागदावी सहित ध्यानाकर्षण पत्र बुझाईएको बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीले बताउनु भयो ।
यस्तै बाल अधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि गर्न कार्यक्रमको समेत जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा भनिएको छ । बाल अधिकार चेतना समूहका सदस्य राम नारायण गुप्तले बिभिन्न खेलकुदबाट पनि बिद्यार्थीहरुको चौतर्फिक बिकास हुने भएको हुँदा खेल सामाग्रीहरु उपलब्ध गराईदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवाली समक्ष आग्रह गर्नु भएको छ ।
यस्तै मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मीले बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्न मानसिक रुपमा चौतर्फी बिकास खेलबाट पनि हुने भएको हुँदा बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको आवश्यक समस्याहरुको समाधान गरिदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई आग्रह गर्नु भयो ।
बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको मागदावि सहितको ध्यानाकर्षण पत्रलाई संबोधन गर्दै बालबालिकाहरुलाई खेलकुद सामाग्रीहरु उपलब्ध गराउने र ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बिषयबस्तुहरुलाई सम्बन्धित बिद्यालयसंग समन्वय गरेर समस्याको समाधान गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले प्रतिवद्धता जनाउनु भयो । साथै बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप सुचारु गराउन , पिउनेपानीको व्यवस्थापन लगाएतका समस्याहरुको समाधानमा लागि पर्नेमा उहाँले जोडदिनु भयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा समूहका पदाधिकारीहरु, मानव अधिकार लुम्बिनी प्रदेश संजाल संयोजक पुष्पा रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूह कोषाध्यक्ष सरिता कोरी, संचारकर्मी शुनिल आचार्य लगायतको उपस्थिती रहेको थियो ।