अन्तराष्ट्रिय योग दिवसको अवसरमा बिजयनगर आयुर्वेद औषधालयद्धारा अन्तरक्रिया

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

राम बहादुर गन्धर्व, कपिलवस्तु
कपिलवस्तुको बिजयनगर आयुर्वेद औंषधालय गणेशपुर वडा नं. ७को आयोजनामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ। सो अवसरमा बोल्ने बक्ताहरूले दैनिक रूपमा योगा गर्नाले स्वास्थ्य रहनुका साथै विभिन्न रोगहरूबाट वचन सकिने कुरामा जोड दिदै नियमित रूपमा योगा गर्न सबैलाई आग्रह गरेका थिए। यस दिवसमा प्रणाय कसरी, किन गर्ने यसको महत्वको बारेमा प्रष्ट पारिएको थियो ।

यसै गरि सुर्यलाई नमस्कार गर्दा कसरी, कतिबेला गर्ने, यो गर्दा मानव शरिरमा हुने फाइदाका बारेमा बुझाइएको थियोे । यसैगरी क्रमस: बज्रआसन, मन्डक आशन, पुतली आशन र कपाल भातीको बिषयमा स्पष्ट बनाउदै आवश्यक्ता र महत्त्वको बारेमा प्रष्ट पार्दै आयुर्वेद औषधालयको जानकारी दिइएको छ।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, शिक्षक, बिद्यार्थी ,स्वास्थ्यकर्मी, समाजसेवी लगाएत ४०बढी सहभागी रहेको कार्यक्रम बिजयनगर पतन्जली योग समितिका अध्यक्ष जितबहादुर पुनले सहजीकरण गर्नु भएको थियो ।

उक्त योग दिवस कार्यक्रम गणेशपुर आयुर्वेद औषधालयका अध्यक्ष एवं ७ नं. वडाका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षता, पतन्जली योग समितिका सदस्य अग्नि प्रसाद सापकोटाको सहयोग र गणेशपुर आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरिक्षक बिमला चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० असार ७, बिहीबार १६:५१