बालज्योती ईङ्गलीस बोर्डिङ्ग स्कुलद्धारा एसईई परिक्षामा उतीर्ण विद्यार्थीलाई सम्मान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

एस.ई.ई.परिक्षा २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडा स्थित बालज्योती ईङ्गलीस बोर्डिङ्ग स्कुलले एस.ई.ई. उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उतीर्ण २६ जना विद्यार्थीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो ।

बालज्योती ईङ्गलीस बोर्डिङ्ग स्कुलका २६ जना विद्यार्थीहरु मध्ये ७ जना ‘ए’ प्लस, १७ जना ‘ए’ र २ जना ‘बि’ प्लस ग्रेड सहित शत प्रतिशत विद्यार्थीहरु उच्चतम् अङ्क जिपिए प्राप्त गरि उतीर्ण भएको विद्यालयका प्रिन्सिपल सर्वेन्द्रदेव खनालले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेकलुद शाखा प्रमुख खिम बहादुर जिसीले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै बालज्योती उत्कृष्ट नतिजा प्रति नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । जिसीले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । उहाँले नगरपालिकाले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाई बजेट विनियोजन गरेकाले अहिले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो । उहाँले आगाम दिनमा उच्च शैक्षिक शिक्षाका लागि विज्ञापन र प्रलोभनमा नपरि आफ्नो बिषय र अध्ययनमा ध्यान दिन अनुरोध समेत गर्नुभयो ।

उहाँले उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो । जिसीले विद्यालयको आगामी दिनमा पनि अझै शैक्षिक स्तर उकास्नका लाागि सदैव लागिरहने बताउनुभयो ।

उतीर्ण विद्यार्थी अस्मिता पौडेलले मन्तब्य राख्दै बालज्योती ईङ्गलीस बोर्डिङ्ग स्कुल उत्कृष्ट शैक्षिक संस्था रहेको बताउदै विद्यालयलाई कहिल्लै पनि नर्बिसने बताउनुभयो । उहाँले आफुहरु उतीर्ण हुनुमा सम्पुर्ण शिक्षकको अहम भुमिका रहेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल सबै विद्यालयको समग्र नतिजा बुझ्दा बालज्योतीका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शिर सधै उचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका खनालले सम्मान कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै विद्यालयले उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो ।

विद्यालयका भाईस प्रिन्सिपल अजय पाण्डेले स्वागत मन्तब्य राख्दै यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रम विद्यालयका शिक्षक अस्मिता तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० असार २६, मंगलवार २०:३९