
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाकै एक मात्र स्वास्थ्य विषयको ३ वर्षे डिप्लोमा तहको कार्यक्रमहरु अध्ययन अध्यापन हुने शैक्षिक संस्था कपिलवस्तु टेक्निकल इन्ष्टिच्युट वाणगंगा–२ पिपरा कपिलवस्तुमा कक्षा सञ्चालन हुने भएको छ । सामान्य चिकित्सा (एडमिन) ३ बर्षे, ल्याव टेक्निसियन (सि.एम.एल.टि) ३ वर्षे, फिजियोथेरापी (डि.पि.टि.) ३ वर्षे, सर्वे इन्जिनियरिङ्ग (एडमिन ) १८ महिने कोर्षका लागि भर्ना सुरु भएको कपिलवस्तु टेक्निकल इन्ष्टिच्युटका सञ्चालक अरुण पाण्डेले बताउनुभयो ।
शैक्षिक तथा भौतिक पुर्वाधारले भरिपुर्ण, महेन्द्र राजमार्ग संग जोडिएको सुगम र पायक पर्ने, स्वच्छ, शान्त, मनोरम शैक्षिक वातावरण अनुकुल रहेको, दक्ष तथा अनुभवी प्रशिक्षकहरु वाट प्रशिक्षण गराइने, कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग, सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था, सुविधा सम्पन्न छात्रावासको व्यवस्था भएको लगायत विविध विशेषता रहेको उक्त शैक्षिक संस्थामा रोजगार मुलक प्राविधिक शिक्षाका लागि भर्ना खुलेको संस्थाले जनाएको छ ।
मिति २०८० साउन १२ गते सम्म फारम भर्न सकिने छ भने प्रवेश परिक्षा भने २४ गते रहेकाले तुरुन्त सम्पर्क गर्न सञ्चालक पाण्डेयले अनुरोध गर्नुभएको छ ।