सिङ्गापुरमा ‘इन्नोभेटिव स्कुल अवार्ड’ को उपाधी हथौसा लिटिल स्टारलाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मान गरिएको छ ।

जस्मा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलले ‘इन्नोभेटिव स्कुल अवार्ड’ प्राप्त गरेको छ । स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेलाई सम्मान पत्र सहित ‘इन्नोभेटिव स्कुल अवार्ड’ को उपाधी प्रदान गरिएको हो ।

सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेसंगै हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलका प्रिन्सिपल पाण्डेले अझ उत्साहको साथ शिक्षामा काम गर्न हौसला थपिएको बताउनुभयो । पाण्डेले सम्मानका लागि विद्यालय छनौट गर्ने सम्पुर्णलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शिक्षा क्षेत्रलाई अझ गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गर्नभयो ।


प्रकाशित : २०८० श्रावण ६, शनिबार १८:२६