
लुदअ,कपिलवस्तु । कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो।
जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ।
उनले हैन्ड पम्पको पानीमा भने ईकाली नदेखिएको उनले बताए। खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो। हेन्ड पम्पको पानीमा ईकालीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने ईकोलीको मात्रा भेटिएको खनालले बताए।
होटल र नास्ता पसलेले भाडाकुडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए। इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन्। वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन्। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, , विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ।