
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले ‘पुस्तकरहित सृजनशील मंगलवार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विभिन्न क्रियाकलाप विद्यालयको आन्तरिक पाठ्यक्रममा समावेश गरि प्रत्येक मंगलवार विद्यार्थीहरुलाई ‘पुस्तकरहित सृजनशील मंगलवार’ को क्रियाकलापमा समावेश गराईएको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभयो ।
जस अन्तर्गत विद्यार्थीहरुलाई बत्ती काट्ने कार्य, चित्रकला सीप तथा विभिन्न खेलकुद क्रियाकलापमा सहभागी गराईएको छ ।
त्यस्तै कृषि कर्म तालिम, विद्यार्थी गुणीय चक्रका क्रियाकलाप, ईन्जिनयिरिङ तथा चिकित्सा शिक्षाका आधारभुत तत्वहरु सम्बन्धी शिक्षा तथा उद्घोषण एवम् नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
विद्यार्थीहरुले भविष्यका लागि लिएको लक्ष्य प्राप्तिका निम्ति आधारशिला तयार गर्ने, सृजनशिल तथा सीपयुक्त सभ्य नागरिक उत्पादन गर्ने, अनुसन्धानका क्षेत्रमा चाहिने आधारभुत ज्ञानका साथै अन्वेषणात्मक कार्यमा अग्रसर गराउने, ईन्जिनियरिङ तथा चिकित्साको क्षेत्रलाई विस्तार गर्ने, बोल्ने बानीको विकाससंगै नेतृत्व विकास गरि असल नागरिक तयार गर्ने उद्देश्यका साथ ‘पुस्तकरहित सृजनशील मंगलवार’ सुरु गरिएको विद्यालयका कार्यक्रम संयोजक डुक बहादुर के.एम.ले बताउनुभयो ।

