कपिलवस्तुमा विषालु च्याउको सेवनबाट एकै घरका ७ जना बिरामी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ,कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा विषालु च्याउको सेवनले एकै घरका ७ जना बिरामी परेका छन् । बिहिबार राति अन्दाजी ९ बजे तिर खान खाईसके पछि उनिहरु बिरामी परेका थिए ।

मायादेवी गाउँपालिका ७ लालपुर बर्ष ४५ को बिन्दु ठाकुर, बर्ष २६ को करण ठाकुर, बर्ष २९ को धर्मेन्द्र ठाकुर, बर्ष २७ को कुसुम ठाकुर, बर्ष ४ को अन्शिका ठाकुर, बर्ष ६ को ज्योति ठाकुर र बर्ष ३ को सुशान्त ठाकुरले बिषादी च्याउ सेवन गरी बिरामी भएका हुन् । उनिहरुको अहिले जिल्ला अस्पताल तौलिहवामा उपचार भई रहेको र उनिहरुको अवस्था सामान्य रहेको छ ।


प्रकाशित : २०८० श्रावण २६, शुक्रबार १४:४५