
दाङ । दाङको घोराहीमा एक युवकलाई धारिलो हतियार प्रहार गरी फरार भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएकाे साउन १० गते घोराही उपमहानगरपालिका-१८ शङ्खेपिपल नजिक घोराही-१३ लाहुरेडाँडाका १८ वर्षीय छोरा तीर्थबहादुर पुनलाई ६ जनाकाे समूहले धारिलाे हतियार प्रहार गरी घाइते बनाएका थिए । घटनामा संलग्न भइ फरार रहेका ६ जना आरोपितलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

