जंगली च्याउ खाँदा बर्दघाटमा चारजना बिरामी

[sharethis-inline-buttons]

लुदअ,बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जंगली च्याउ  खाँदा एकै घरका चारजना बिरामी परेका छन्। वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ।

१५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीया अनु लोहार र किसान लोहार बिरामी परेका हुन्। शहीद स्मृति सामुदायिक अस्पतालमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए। उनीहरूले सोमबार साँझ च्याउको तरकारी खाएका थिए। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० श्रावण ३०, मंगलवार १३:२७