शुद्धाेधनमा अनुगमनमा जफत गरिएको सामाग्री नष्ट गरियो

[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धाेधन

शुद्धाेधनमा अनुगमनमा जफत गरिएको सामाग्री  आज नष्ट गरीएको छ ।
रुपन्देही रुपन्देहीकाे शुद्धोधन गाउँपालिकाकाे कार्यालय मानपकडीले उपभोगताका हित संरक्षण समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र बजार अनुगमन समितिका संयोजक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलको संयोजकत्वमा यही साउन २१ देखी २९ गते सम्म वडा नं. १ देखी ७ वटै वडा टोल बस्तीका बजार क्षेत्रमा रहेका किराना पसल,होटल रेष्टुरेन्ट,औषधि पसल, उद्योग,लगायतका ब्यवसायहरुकाे बजार अनुगमन गर्ने क्रममा बरामद गरिएका म्याद सकिएका विभिन्न वस्तु तथा बिभिन्न सामाग्रीहरु नष्ट गरिएको छ।
सो अनुगमनको क्रममा मासु पसल, किराना पसललगायत सबैजसोमा कैफियत देखियो।मासु पसल वरपर फोहोर र झिँगाका कारण मासु खानै नमिल्ने अवस्था थियो।किराना पसलमा पनि म्याद नाघेका खाद्यवस्तुसँगै मूल्यसूची पनि टाँसिएको थिएन।अनुगमन टोलीले मासु पसलेलाई सरसफाइमा ध्यान दिन एक साताको समयसीमा तोकेको छ।
साे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,उपाध्यक्ष शान्तादेवी ज्ञवाली,कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,सहकारी तथा स्थानीय विकास कोष शाखाका प्रमुख मानबहादुर भण्डारी,सुरक्षाकर्मी र नगर प्रहरीहरु,पत्रकार,बुद्धिजीवी लगायतका पदाधिकारी हरुको उपस्थितिमा सो म्याद सकिएका सामाग्रीहरु नष्ट गरिएकाे थिय


प्रकाशित : २०८० श्रावण ३२, बिहीबार १९:०१