होराइजन गौतम बुद्ध मावि ड्राइभर टोलद्धारा विद्यार्थी सम्मान

[sharethis-inline-buttons]

लुदअ, तिलोत्तमा
होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १ रूपन्देहीले कक्षा १२ को बोर्ड परीक्षाको रिजल्टमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान कार्यक्रम गरेको छ । न्यु होराजन मातृसंस्थाका उपप्राचार्य एवं न्यु होराइजन कलेजका संस्थापक बासुदेव अर्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाका शिक्षा विभाग प्रमुख गंगाराम आचार्य रहनुभएको थियो ।

विशिष्ट अतिथिका रूपमा न्यु होराइजन कलेजकाव्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल, क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सूर्य राना, बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल रहनुभएको थियो । होराइजन जिविएस का उप प्राचार्य इन्द्रप्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, शैक्षिक संयोजक जिवनाथ भण्डारी, अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि पराजुली, संयोजक रुद्र भुसाल, लगायत न्यु होराइजन कलेजका प्राध्यापकहरू, जिविएसका सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी, खेलकूद प्रशिक्षकहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डबाट भर्खरैमात्र प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान विषय समूहबाट सर्वप्रथम हुने छात्र सुजल पौड्याल (जिपिए ३.८७), द्वितीय हुने सुन्दर भुसाल (३.७९), तृतीय हुने विवश क्षेत्री (३.७२) र व्यबस्थापन विषय समूहबाटसर्वप्रथम हुने अनुश्का गुप्ता (३.८६), भावना पाण्डे (३.८६), इच्छा बस्याल (३.८६) द्वितीय हुने मनिष कंडेल (३.८५), तृतीय हुने कृष्णा खरेल (३.८२)लाई टीका, फुल, खादा र करुवाबाट सम्मान गरिएको थियो । यसैगरी कक्षा १२ मा अध्यापन हुने विषयहरूमा सबैभन्दा राम्रो नतिजा दिन सफल लेखाशास्त्र विषयका विभागीय प्रमुख रवि राना, शिक्षक हिमबहादुर खत्री, तिलक पराजुली र दिलाराज चौधरीलाई समेत विद्यालयले सम्मान गरेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै गोपालप्रसाद आचार्यले होराइजन गौतम बुद्ध मा.वि.को उत्कृष्ट नतिजा आउनुमा लगनशील विद्यार्थी, समर्पित शिक्षक, सचेत अभिभावकको त्रिकोणात्मक सजगताको परिणाम भएको कुरा बताउनुभयो । साथै उहाँले धेरै जिपिए ल्याउनु सबैथोक होइन अबका दिनमा विद्यार्थीहरूले सि.ए., मेडिसिन, इन्जिनियरिङ् लगायतका विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नका लागि शुभकामना दिनुभयो ।

विशिष्ट अतिथिको मन्तव्य राख्दै क्याम्पस प्रमुख लोकनाथ उपाध्यायले अनुशासन, लगन र मेहनतबाट नै सफल बन्न सकिने हुँदा जीवनका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ भन्दै शुभकामना दिनुभएको थियो । आगामी दिनमा सम्पूर्ण विषयको नतिजा सतप्रतिशत बनोस् भन्दै सम्मानित शिक्षकहरूलाई बधाई दिनुभयो ।कार्यक्रमलाई रोचक बनाउनका लागि विद्यार्थी कलाकारहरूबाट गीत नृत्य समेत प्रस्तुत गरिएको थियो ।

मञ्च व्यबस्थापन, विद्यार्थी परिचालन तथा डेकोरेशनको संयोजन डा.तारानाथ भट्टराईले गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन प्राध्यापक डा.नारायणप्रसाद पन्थ र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन उप प्राचार्य इन्द्र भुसालले गर्नुभएको थियो ।

 


प्रकाशित : २०८० भाद्र ४, सोमबार १९:३६