
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरमा प्यासन फाउण्डेशन सञ्चालनमा आएको छ । जापनिज, कोरियन भाषा तथा पिटिई आयल्सका कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले प्यासन फाउण्डेशनको शाखा कपिलवस्तुको चार नम्बर जितपुरमा सञ्चालनमा आएको हो ।
भाषा अध्ययन गरि जापान, कोरिया, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा जानका लागि प्यासन फाउण्डेशनले सम्पुर्ण प्रक्रिया पुरा गर्ने प्यासन फाउण्डेशन चार नम्बर शाखा प्रमुख आर्यमन मिश्रले जानकारी दिनुभएको छ । संस्थाको कार्यालय चार नम्बर जितपुर चोक स्थित हिराचन्द्र पोलिक्लिनकि भएको घरको माथिल्लो तल्लामा कार्यालय रहेको छ ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरु भएको संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

