
बिष्णु खरेल, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा ४ सिद्धिपुरमा रहेको विग भिजन कम्प्युटर ईन्स्टिच्युट पछिल्लो समय बिद्यार्थीहरु माझ लोकप्रिय बन्दै आएको छ । ईन्स्टिच्युटका संचालक आशिष् चौधरी र सुश्मा श्रेष्ठ भन्नु हुन्छ ‘अहिलेको डिजिटल प्रबिधिको युगमा कम्प्युटर बिनाको शिक्षा फल्दायी हुन सक्दैन। बिगत लामो समय देखि यस श्रेत्रमा बिद्यार्थीहरुलाइ गुणस्तरीय सिकाई प्रधान गर्दै आइहरेको विग भिजन कम्प्युटर ईन्स्टिच्युटले समय समयमा विभिन्न अफर सहित नयाँ नयाँ प्याकेजहरु ल्याउने गरेको छ’ ।
यसै बिचमा हालै १८ महिने डिप्लोमा कम्प्युटर कोर्षको नयाँ प्याकेज ल्याएको छ । भर्ना प्रक्रिया धमाधम भैरहेको छ भने यहि भाद्र १६ गते बिहान ८ बजे स्कलर्सिप परिक्षा राखिएको छ । साथै टाढा बाट आउने, गरिब, जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थी हरुका लागि विशेष छुटको ब्यवस्था गरिएको संचालक आशिष चौधरीले बताउनु भएको छ ।
अहिले संचालन भैरहेका कोर्षहरु वेसिक कम्प्युटर, डिप्लोमा इन एकाउन्टिङ्ग प्याकेज, डिप्लोमा इन ग्राफिक डिजाईनिङ्ग , हार्डवयर एण्ड सफ्टवेयर, फोटो फ्रेम मेकिङ्ग, वेसिक फोटोग्राफी, भिडियोग्राफी र अन्य एड्भान्स कोर्षहरुमा एड्भान्स फोटोग्राफी र फोटो इडिटिङ्ग, भिडियोग्राफी र भिडियो इडिटिङ्गका कक्षाहरु संचालन भैरहेका छन भने अनुभवी शिक्षक द्वारा अध्यापन गराइएको छ ।
सथै यो समयमा बिद्यार्थीहरुले पढ्दै गर्ने कमाउदै गर्ने वातावरणको पनि सिर्जना गरिएको छ । अहिलेको समयमा बिशेष गरि पर्यटकीय क्षेत्रलाई मध्यनजर गर्दै फोटो फ्रेमिङ्गको आवश्यकता रहेकाले बिशेष प्राथमिकताका साथ कक्षाहरु संचालन भैरहेका छन ।
बिद्यार्थी हरुलाइ उचित पुरस्कार सहित समय सङ्गै विभिन्न समय सान्दर्भिक क्रियाकलाप हरु गराउदै आइरहेको छ जस्तै बक्तित्व कला प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता, वाद बिवाद प्रतियोगिता, टाइपिङ्ग प्रतियोगिता, टिचिङ्ग प्रतियोगिता जस्ता विभिन्न क्रियाकलापहरु गराउदै आइरहेको छ । यस बाट धेरै बिद्यार्थी लाभान्वित समेत भएका छन् भने बोल्ने बानिको बिकास संगै आफ्नो लुकेको प्रतिभालाइ पनि उजागर पार्ने अवसर प्राप्त गरेका छन ।

