बुद्व प्रोफेशनल एकेडेमीले ल्यायो कम्प्युटर तथा भाषा प्रशिक्षणमा सहुलियत

[sharethis-inline-buttons]
 बिष्णु खरेल, कपिलवस्तु 

बिगत ५ बर्ष देखि यस क्षेत्रमा गुणस्तरिय सेवा दिदै आईरहेको बुद्व प्रोफेशनल एकेडेमीले बिभिन्न बिधामा नयाँ नयाँ प्याकेजहरु संचालन गरेको छ । प्रधान कार्यालय बाणगङ्गा ४ चार नम्बर चोक बाट १५० मिटर पश्चिम र शाखा कार्यालय बाणगङ्गा ५ झन्डा र बाणगङ्गा ८ चप्परगाउबाट उत्कृष्ट सेवा दिदै आईरहेकाले बिद्यार्थी हरुको रोजाईमा पर्न सफल भएको छ ।

कम्प्युटर कोर्ष, बेसिक तथा एड्भान्स कोरियन भाषा, स्टडी तथा वोर्किङ्ग का लागि जापानीज भाषाका( N5/N4/SSW/LPT/JFT)  लेभलका का कक्षाहरु, अङ्ग्रेजी भाषा (INTERMEDIATE, PTE, IELTS) तथा मन्टेश्वरिका कक्षाहरु संचालन भैरहेका छन । कम्प्युटर कोर्ष हरुमा कम्प्युटर अफिस प्याकेज, एड्भान्स एकाउन्टिङ्ग प्याकेज, एड्भान्स डिप्लोमा एण्ड ग्राफिक डिजाईनिङ्ग, कम्प्युटर अपरेटर तालिम, पोस्ट स्नातक डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (PGDAC), सर्टिफिकेट इन कम्प्युटर एप्लिकेसन (CCA) , डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (DCA), डिजिटल मार्केटिङ, डिप्लोमा इन कम्प्युटर शिक्षक तालिमका कक्षाहरु संचालनमा छन ।

उचित ब्यावस्थापनका साथ पुर्ण सहुलियत, आंशिक सहुलियत तथा पुर्ण शुल्कमा यहि भाद्र १० गते आइतबार देखि भाद्र २२ गते शुक्रबार सम्म भर्ना प्रक्रिया संचालन गरिएको र भाद्र २४ गते आइतबार बिहान ८ बजे छात्रवृत्ति परिक्षा रहेको एकेडेमिका संचालक तथा कार्यकारी निर्देशक (CEO) जिबराज भट्टराईले जानकारी दिनुभएको छ ।

साथै छात्रवृत्ति परिक्षामा प्रथम हुनेलाई १००% छुट, गरिब तथा जेहेन्दार बिद्यार्थी लाई ५०% छुट र जिल्ला भन्दा बाहिरबाट आउने बिद्यार्थी लाई २५% छुटको ब्यावस्था सहित ग्यारेन्टी कक्षाहरु संचालन गरिएको एकेडेमीका संचालक तथा प्रबन्धक निर्देशक (MD) नेत्र भुषालले जानकारी दिनुभएको छ ।

अहिलेको डिजिटल प्रबिधिको समयमा कम्प्युटर शिक्षा निकै महत्त्वपूर्ण रहेकाले उचित ब्यवस्थापनका साथ गुणस्तरीय शिक्षाका कक्षाहरु संचालन भैरहेको र उत्कृष्ट बिद्यार्थी तथा आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थी हरुका लागि रोजगारी समेत ब्यवस्था गरिएको छ ।


प्रकाशित : २०८० भाद्र १४, बिहीबार १६:५५