बिश्वकर्मा सामुदायिक भेला सम्पन्न, विभिन्न महत्वपुर्ण निर्णय

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

राम बहादुर गन्धर्व, कपिलवस्तु

कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा नगर स्तरीय बिश्वकर्मा सामुदायिक भेला शनिबार वडा नं.२ गोरूसिङ्गेमा सम्पन्न गरेको छ ।

नगरभित्र रहेका स्थानीय समाजसवी, बुद्धिजीवी लगाएतको उपस्थितिमा बसेको भेलाले रण बहादुर सुनारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ।

जसको उपाध्यक्षमा बिनिता बिक, सचिवमा डम्मर सिहं सुनार, सह सचिवमा किसन सुनार, कोषाध्यक्षमा सु.टेकबहादुर सुनार रहनु भएको छ भने अन्य सदस्यमा रहेका छन् ।

यस्तै नव गठित समितिले अगामी असोज २ गते बिश्वकर्मा दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन विभिन्न उप समिति गठन गरि कार्य बिभाजन गर्ने गरि जिम्मेवारी बाँडफाँड गर्ने निर्णय लिएको छ । भेला रणबहादुर सुनारको अध्यक्षता, डम्मरसिहं सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० भाद्र १७, आईतवार १३:४८