हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्रियाकलाप मात्र नभई अतिरिक्त क्रियाकलापमा अगाडि रहेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी स्थित स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले अर्को उदाहरणिय कार्य गरेको छ । ‘पुस्तकरहित सृजनशील मंगलवार’, उद्घोषण तथा नेतृत्व विकास प्रशिक्षण, नृत्य, खेलकुद, विज्ञान तथा अनुसन्धान, चिकित्सा सम्बन्धी नियमित कक्षा सञ्चालन जस्ता अनुकरणीय कार्य गरेको उक्त विद्यालयले अर्को उदाहरणीय कार्य गरेको हो ।
स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुलले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरि दर समेत खुवाएको छ । हरितालिका तीज विशेष तथा नारी सम्मान कार्यक्रमको आयोजना गरि विद्यालयका सम्पुर्ण महिला शिक्षक तथा कर्मचारीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रमुख सल्लाहकार रबि बहादुर काफ्लेले तीजको अवसरमा गरेको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यालयले पहिलेको तुलनामा धेरै उत्कृष्ट कार्य गरेको बताउदै गुणस्तरिय शिक्षामा पनि ध्यान दिएको बताउनुभयो ।
विद्यलयका प्राचार्य तोलाकान्त डुम्रेले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालय यो स्थान सम्म आउनुमा महिला शिक्षक र कर्मचारीको अहम भुमिका रहेको बताउनुभयो । उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमका अध्यक्ष शिक्षिका लिला पाठक डुम्रेले विद्यालयले महिला शिक्षक र कर्मचारीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यसले अझ हौसला बढेको बताउनुभयो ।
साथै पुरुष शिक्षक र कर्माचारीले महिला शिक्षक र कर्मचारीहरुलाई दर पकाएर समेत खुवाईएको थियो ।
विद्यालयका सह प्राचार्य अमर कंडेलको स्वागत मन्तब्य तथा कोर्डिनेटर डुक बहादुर के.एम.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।