रुपन्देहीको शुद्धोधनमा बेलायती राजदुतावासको टोलिबिचमा अन्तरक्रिया

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नगेन्द्र केसी

शुद्धाेधन रुपन्देही

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बेलायती राजदुतावासको टोलिबिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बेलायती राजदुत रव फेन लगायतको टोलिलाई शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,रुपन्देही जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइ,वडा प्रबक्ता तथा वडा न.४ का अध्यक्ष केशब अधिकारी, शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारी,शुद्धोधन शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा,मोतीपुर स्वास्थ्य केन्द्र प्रमुख डाक्टर रोहित कान्दु, अध्यक्ष,कर्मचारी लगायतले पालिकामा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा पालिका प्रमुख बस्यालले शुद्धोधन गाउँपालिकाको बारेमा जानकारी दिदै पालिकामा सञ्चालन गर्न लागिएको इ सिफारिस मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र,गाउँपालिकामा बन्न लागेको रिङ रोड,दर्वहवा मन्दिर,सियाबार मन्दिर,स्मार्ट कृषि पाकेट क्षेत्र लगायतका विषयहरूमा जानकारी गराउनुभएको थियो।बेलायती राजदुत रव फेनले शुद्धोधन गाउँपालिकाको अवस्था, योजना छनोटको प्रकृति,प्राथमिकिकरण,विभिन्न योजनाहरुका समस्या लगायतका विषयमा चासो राख्नुभएको थियो।


प्रकाशित : २०८० आश्विन ४, बिहीबार १८:१८