गणेशनगर टोलबिकाश बिकाश संस्था तिलोत्तमाको अध्यक्षतामा कृष्ण ब बि.क निर्बाचित

[sharethis-inline-buttons]

प्रकाश गौतम

तिलोत्तमा

गणेशनगर टोलबिकाश बिकाश संस्था तिलोत्तमा ११ गणेशनगरको तेस्रो साधारण सभा तथा अधिबेशनले कृष्ण ब बि.क को अध्यक्षतामा नया कार्य समिति गठन भएको छ ।

आज सम्पन्न साधारण सभा तथा अधिबेशनले सर्ब सम्बत रुपमा नयां कार्यसमिति चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा डिल ब गुरुङ , सचिवमा शंकर केसि , कोषाध्यक्षमा मन्जु मुखिया चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा सिता मल्ल, निरज गुरुङ , इन्द्र ब कुमाल , शंकर कुवर, किरण बि.क, स्याम कुवर ,बिपिन सुबेदी ,मन कुमारी ज्ञवाली लगायत रहनु भएको छ । कार्यक्रममा बोल्दै टोल बिकाश संस्थाका अध्यक्ष टेक शिंह थापाले टोलको बिकाश बाटै समाज परिबर्तन गर्न सकिने भन्दै आफुलाई टोल कासीले गरेको सहयोग बिर्सन नसकिने रहेको बताउनु भयो ।

निर्बाचन समितिका अध्यक्ष देबेन्द्र गुरुङको अध्यक्षता तिलोत्तमा ११ का वडा सदस्य सुनिल्का खवासको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको कार्यक्रमको सन्चालन निरु गुरुङले गर्नु भएको थियो


प्रकाशित : २०८० आश्विन ६, शनिबार १६:४७