
प्रकाश गौतम
गणेशनगर टोल बिकाश संस्था तिलोत्तमा ११ ले चाडपर्बलाई लक्षित गरि टोल सुरक्षा गार्ड मार्फत टोल सुरक्षा कार्यक्रम सुरु गरेको छ ।
चाडपर्बमा टोल समाजमा हुन सक्ने समस्या चोरी र अनैतिक क्रियाकलाप नियन्त्रणका लागी टोल सुरक्षा गार्ड मार्फत टोला सुरक्षा कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा ११ का वडा अध्यक्ष बिष्णु बराल र महुवारी प्रहरि चौकीका इन्चार्ज भेषराज पन्थीले टोबिकाश मार्फत यो कार्य नौलो भएको भन्दै खुसी ब्यत्त गर्नु भयो ।
चाडपर्बलाई लक्षित गरि नियुत्त गरिएका ४ जना टोल सुरक्षा गार्ड गार्डले गणेशनगर टोल बिकाश संस्थामा साझ ८ बजे देखी बिहान ४ बजे सम्म निरन्तर गस्ती र सुरक्षाको लागी काम गर्ने छन ।
कार्यक्रम गणेशनगर टोल बिकाश संस्था तिलोत्तमा ११ अध्यक्ष कृष्ण बहादुर बिस्वकर्माको अध्यक्षता तथा शंकर केसीको सन्तालनमा सम्पन्न भएको थियो ।

