लुदस ,सुठौली
चाडपर्वलाई लक्षित गरि त्रिशक्ति युवा क्लव बाणगंगा ६ सुठौलीले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिताहरु संम्पन्न भएका छन् । जस अन्र्तगत आज विवाहित र अविवाहित विचको मैत्रीपुणर् फुटवल खेलमा अविवाहित टोलीले जित हासिल गरेका हुन् ।
अविवाहितका तर्फबाट राहुल बेल्वासेले ३ र विवाहिततर्फका अमृत चौधरीले १ गोल गरेका थिए ।

यस अगाडी मैत्रीपुणर् स्लो साईकल प्रतियोगिता र घैटोफोर प्रतियोगिता समेत संम्पन्न भएका थिए । स्लो साईकल तर्फ आदर्श आचार्य प्रथम, सन्तोष उपाध्याय द्धितिय, प्रतिक आचार्य तितृय भएका थिए ।

घैटोफोर तर्फ करिव ५० जनाको सहभागिता मध्ये ४ जनाले सफलता प्राप्त गरेका थिए जसमा पवित्रा बेल्वासे, सन्दिप घिमिरे हरि पौडेल र सुस्मा बेल्वासे रहेका थिए ।
विभिन्न खेलका उत्कृष्ट खेलाडिहरुलाई क्लवका अध्यक्ष मोहन बेल्वासेले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताका प्रमुख अतिथि जलजला टोल विकास समितिका अध्यक्ष टामलाल बेल्वासेले बोल्दै मैत्रीपुणर् खेलले दशै उत्सव बढाउनको साथै साथिभाई विच भेटघाट र एकता लाई मजबुद बनाएको बताउनुभएको थियो । साथै दशै तिहार तथा छट पर्वको समेत शुभकामना व्यक्त गरिएको कार्याक्रमको संचालन सचिव रामु पौडेलले गर्नुभएको थियो ।


















