
लुदस,सन्धिखर्क ।
राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्ष शिव रञ्जन भएका छन् । आइतबार सन्धिखर्कमा सम्पन्न संघको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा बाट गैरेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जसको प्रथम उपाध्यक्षमा बेगम पुनः द्धिर्तिय उपाध्यक्षमा हरिसचन्द्र बिश्वकर्मा महिला उपाध्यक्षमा झरना क्षेत्री , सचिवमा केशव भुसाल , सहसचिवमा शिव गुरुङ कोषाध्यक्षमा बाबुराम खनाल , सहकोषाध्यक्षमा पबित्रा पुनः ,प्रवक्ता विकास खनाल र सदस्यहरुमा बसुन्धरा मुखिया,प्रकाश सञ्जाल,अंशु सुनार,किशोर पाण्डे,दिपेन्द्र नेपाली,भुवन महत,सन्तोष परियार,ज्ञान बहादुर बञ्जाडे,सुवर्ण थापा निर्वचित भएका छन् । साथै सल्लाहकारमा निबर्तमान अध्यक्ष नकुल परियार र सचिव सरोज पाण्डे लाई मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जिवन परियारले संस्थाको उद्देश्यबारे बताउदै अहिले अवधी पुगेका सबै जिल्ला तथा प्रदेशको अधिवेशन भैरहेको बताए । कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव थानेश्वर अधिकारीले संस्थाको राष्ट्रिय संगीतकर्मी संघ कलाकर्मीहरुको साझा संस्था रहेको बताए । सचिव अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै संस्थालाई आशालाग्दो र भरलाग्दो बनाउन सबैजना सक्रिय भएर लाग्नका लागी आग्रह गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य दिनेश रञ्जन , राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार,नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम नकुल परियारको अध्यक्षता र पुर्णचन्द्र परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।