लुदस, कोपवा
बाणगंगा नगरपालिका वडा नं ६ मा संचालित वडा स्तरिय फुटवल खेलको उपाधि देउरालीले हात पारेको छ ।
ले मनहरापुर टोल विकास संस्थालाई पछि पार्दै उपाधि जितेको हो ।

१७ गतेदेखि वडा नं ६ को खुटेनी खेल मैदानमा संचालित खेलमा १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिता अन्र्तरगत आज २ खेल सम्पन्न भएका थिए ।
जस अन्र्तरगतको पहिलो खेलमा जलजला टोल विकास संस्था र शिवशंक्ति टोल विकास संस्था विच तेस्रो प्रतिस्पर्धाका लागि खेल भएको थियो । खेलको निर्धारित समयमा गोल हुन नसकेपछी ट्रईवेकरमा जलजला टोल विकास संस्थाले ४ विरुछ ५ गोल गरेपछी तेस्रो भएको थियो । जसअन्र्तगत दोस्रो फाईनल खेलमा आयोजक मनहरापुरलाई हराउदै उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगिता अन्र्तरगतको निर्धारित समयमा २/२ को बराबरी भएपछी अतिरिक्त समयमा देउराली टोल विकास संस्थाले १ गोल गरेपछी उपाधि जितेको हो ।

देउरालीलाई जिताउन निशान न्यौपानेले २ गोल र सन्दिप गाहाले १ गोल गरेका थिए ।
खेलका विजेता खेलाडिहरुलाई वडाका तर्फबाट शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।




















