शिद्धेश्वर टोल बिकाश संस्था तिलोत्तमा २ मा उद्घोषण तालीम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम
शिद्धेश्वर टोल बिकाश संस्था तिलोत्तमा २ को आयोजनामा सुरु भएको ३ दिने उद्घोषण आज तालीम सम्पन्न भएको छ ।
शिद्धेश्वर टोल बिकाश संस्थाका अध्यक्ष लेखनाथ भट्राइकोे अध्यक्षता तथा तिलोत्तमा २ का अध्यक्ष डिल ब भट्रराईको प्रमुख आतिथ्यतमा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दै तिलोत्तमा २ का अध्यक्ष डिल ब भट्राईले तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो ।
उहांले यो समय बोल्न सक्नेहरुको भएको भन्दै यस्ता तालीमबाट परिबर्तन सम्भव रहेकोे बताउनु भयो ।तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य साबित्रा पन्थीले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा २ का फोहोर मैला ब्यबस्थापन समिति अध्यक्ष इन्द्रमणी अर्याल , शिवालय टोल बिकाश संस्थाका अध्यक्ष नारायण चापागाई , जागृती टोल बिकाश संस्थाका अध्इष बिदुर के.सी ले तालीम बाट बोल्ने कुराको उदेश्य पाप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो ।
तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट भगवति तिवारी र मोहन सरले मन्तब्य राख्नू भएको थियो । उहाहरुले तालिमफलदायी भएको बताउनु भयो ।
शिद्धेश्वर टोल बिकाश संस्था सचिव सिता थापा सन्चालनमा भएको कार्यक्रमको प्रशिक्षक प्रकाश गौतमले सहजिकरण गर्नु भएको थियो ।


प्रकाशित : २०८० मंसिर ११, सोमबार १७:४६