
प्रकाश गौतम
तिलोत्तमा ७ को आयोजनामा सुरु भएको ५ दिने क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ ।
तिलोत्तमा ७ वडा सदस्य शोभाकान्त ढकालको अध्यक्षता तथा तिलोत्तमा ७ का अध्यक्ष देवि प्र पगेनीको प्रमुख आतिथ्यतमा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दअध्यक्ष देवि प्र पगेनीले तालिममा सिकेका कुरा ब्यवाहारमा उत्तार्न आग्रह गर्नु भयो ।
उहांले यो समय बोल्न सक्नेहरुको भएको भन्दै यस्ता तालीमबाट परिबर्तन सम्भव रहेकोे बताउनु भयो ।तिलोत्तमा नगरपालिका वडा न ७ सदस्य गणेश भन्डारीले तालीम पछी पनि निरन्तर अभ्यास गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै प्रशिक्षकले तालीम बाट बोल्ने कुराको उदेश्य प्राप्त भएको भन्दै अब परिक्षाको घडि सुरु भएको बताउनु भयो ।
तालीम समापनका अवशरमा प्रशिक्षार्थिका तर्फ बाट शान्ती भुषाल र यमना थापाले मन्तब्य राख्नू भएको थियो । कार्यक्रममको सन्चालन प्रशिक्षार्थि अनिता पन्थीले गर्नु भएको थियो ।