तिलोत्तमा ११ मा जारी टोल स्तरिय महिला पुरुष फुटवल प्रतियोगीता उपाधि रामनगर टोल बिकाश संस्थालाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा ११ मा टोल स्तरिय महिला पुरुष फुटवल प्रतियोगीता तथा बिभिन्न बिधामा दौड प्रतियोगीता सम्पन्न भएको छ । सम्पन्न फुटवल प्रतियोगीतामा पुरुष र महिला तर्फ नै रामनगर मृगौली टोल बिकाश संस्थाले उपाधि जितेको छ । उपाधि सगै रामनगर मृगौली टोल बिकाश संस्थाले पुरुष तर्फ रु बिसहजार र महिला तर्फ रु पन्ध्र हजार नगद सहित ट्रफी जितेको छ ।


त्यसैगरि फुटवल प्रतियोगीतामा पुरुष द्धितिय जमुहानी (शिवपुर) टोल बिकाश संस्था भएको छ भने महिला तर्फ द्धितिय भुल्का टोल बिकाश संस्था भएको छ । देस्रो भए सगै रपुरुष द्धितिय जमुहानी (शिवपुर) टोल बिकाश संस्थाले पुरुष तर्फ रु रु पन्ध्र हजार नगद र महिला तर्फ द्धितिय भुल्का टोल बिकाश संस्थाले रु दश हजार नगद सहित ट्रफी जितेको छ ।

बिजेता खेलाडि तथा टिमलाई नगर प्रमुख रामकृष्ण खाण सहित वडाका जनप्रतिनिधिले पुरस्कार बितरण गर्नु भएको थियो ।


प्रकाशित : २०८० मंसिर ३०, शनिबार १८:५३