तिलोत्तमा दौड सम्पन्न,करिव ४ सय सहभागी. स्वस्थ जीवनको लागि खेल आवश्यक

[sharethis-inline-buttons]

 

तिलोत्तमा दौड सम्पन्न,करिव ४ सय सहभागी स्वस्थ जीवनको लागि खेल आवश्यकतिलोत्तमा,पुष ७ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर(९ को आयोजनामा ूयुवासँग कुद्छ तिलोत्तमाू भन्ने नारा सहित संचालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किमि दुरी पार गरि विभिन्न ४ समुहका २० जना प्रतियोगिताको उत्कृस्ट स्थानमा परे। १२ जनालाई नगद सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको सो खेलमा प्रथम दित्तीय र तृत्तीय हुने १५ देखि ४० बर्षका महिला पुरुष समूह र ४० देखि माथि उमेरका महिला पुरुष समूहबीच भएको प्रतिस्प्रधामा उतारिएको थियो। रामजानकी मन्दिर परिसर सम्झना बाल उद्धानको परिसरमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगितामा उत्कृस्ट हुनेलाई पुरष्कार प्रदान गरिएको थियो।

 

प्रतियोगितामा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले खेल मार्फत युवाहरुलाई एकजुट बनाउन यस्तो प्रतियोगिताले सहयोग गर्ने बताएका थिए। नगर भित्रका युवाहरुको लागि विभिन्न खाले खेलकुद प्रतियोगिता मात्रै नभएर खेलाडी समेत सम्मान गर्ने र हरेक क्रियाकलापमा नगरपालिका अग्रसर रहेको भन्दै नगरप्रमुख खाणले युवा मैत्री स्थानिय शासनका लागि नगरपालिका होमवर्कमा रहेको बताए।प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले महिलाहरुको सहभागिताले यस्तो प्रतियोगिताले थप उर्जा पुगेको बताएकी छन्। हरेक फिल्डमा महिला पनि कम छैनन् भन्दै उपप्रमुख चौधरीले दौड प्रतियोगिता जित हार भन्दा पनि युवा युवतीलाई एकसूत्रमा बाध्नका लागि कडी बन्ने विश्वास व्यक्त गरिन।

सो अवसरमा बोल्दै तिलोत्तमा(६ का वडा अध्यक्ष गणेश पाठकले वडा स्तर बाट भएको यस खालको प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताए। आगामी दिनमा अझै युवा स्तरिय कार्यक्रम लिएर आउने बताउदै उनले नगरपालिका युवाहरुको हक अधिकार र सहभागिताका लागि अगाडी बढेको बताए।

प्रतियोगितामा १५ देखि ४० बर्ष सम्मको उमेर समुहमा पुरुष तर्फ बिशाल खड्का प्रथम भए भने दित्तीय बिजय चापागाईं, तृतीय आविस क्षेत्री, र चौथो लेख बहादुर झेंडी मगर र पाँचौ दिपक बिश्वकर्मा भएका छन्। त्यस्तै ४० वर्षा देखि माथि उमेरका समुहमा पुरुष तर्फ याम बहादुर डिसुवा प्रथम, दित्तीय हिरा कुमार मानन्धर, तृत्तीय ईन्द्र बहादुर थापा, चौथो यम बहादुर थापा र पाँचौ धर्म बहादुर पुन भएका थिए।

 

त्यस्तै महिला तर्फको १५ देखि ४० बर्ष उमेर समुहमा प्रकृति घिमिरे प्रथम, रक्षा श्रीस दित्तीय, सरस्वती कुँवर तृत्तीय, रुचि थापा सान्तवना भएका थिए। त्यस्तै ४० बर्ष माथिका उमेर समुह अन्तर्गत महिला तर्फ राम कुमारी गाहा प्रथम , गायत्री सारु दित्तीय, राधिका गौचन तृत्तीय, कार्यपालिका सदस्य समेत रहेकी राधा शाही ठकुरी चौथो र सिता भुसाल पाँचौ भएका थिए। प्रतियोगितामा प्रथम दित्तीय र तृत्तीय हेन प्रतियोगीलाई क्रमशस् नगद रु ८ हजार ६ हजार र ४ हजार सहित मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो भने सहभागी सबैलाई नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष ध्रुव न्यौपाने, गणेश पाठक, देवीलाल पंगेनी, गोपाल घिमिरे, रमेश डुम्रे,हरि बहादुर क्षेत्री लगायतले प्रमाणपत्र प्रदान गरेका थिए।

खेल जगतमा युवाहरुले अन्तरास्ट्रिय स्तरसम्म नेपालको नाम राख्न सफल भएकोले खेल बाटै युवा मैत्री शासनयुक्त नगर बनाउने अभियानमा युवाहरुलाई एकजुट बनाउन यस्तो खालको कार्यक्रमको आयोजना गरिएको वडा नम्बर(९ का अध्यक्ष ध्रुव न्यौपानेको भनाई छ।सोचेभन्दा बढी सहभागी भएकोले प्रतियोगितामा थप उर्जा मिलेको प्रतियोगिताका संयोजक तथा वडा सदस्य गोबिन्द गुरुङले बताए।करिव ४ सय सहभागी रहेको दौड प्रतियोगिताको समापन समारोहमा स्वागत मन्तव्य राख्दै खेल ले मानिसलाई स्वस्थ रहन सधै सहयोग गर्ने व्यवस्थापक तथा वडा सदस्य कमल शर्मा रेग्मीले बताएका थिए।दौड प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमको संचालन गोबिन्द गुरुङ लवसनले गरेका थिए।


प्रकाशित : २०८० पुष ८, आईतवार १२:०८