काठमाडौं । जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।
त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो । सुपर सिक्सको समुह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।