साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ। खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो।

च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ। २ खेल खेलेको नेपालको मात्र ३ अंक छ। आजै हुने अर्को खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्। सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।


प्रकाशित : २०८० माघ २३, मंगलवार १२:३६