विश्वकप क्रिकेट लिग २.नेपाललाई नेदरल्याण्डले दियो १३८ रनको लक्ष्य

[sharethis-inline-buttons]

काठमाडौं,५ फागुन । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा नेपालले डच टोलीसँग १ सय ३८ रनको लक्ष्य प्राप्त गरेको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सलाई कमजोर योगफलमा समेट्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाउँदा बास डि लिडले २७ रन बनाएका थिए।

त्यस्तै, स्याब्रन्ड इंगलब्रेच्टले २३ रन बनाउँदा म्याक्स ओड्वाड र आर्यन दतले समान १०।१० रन बनाउँदा नोच क्रोस १२ रनमा आउट भए। क्याली क्लेइनले ११ रन बनाए।


प्रकाशित : २०८० फाल्गुन ५, शनिबार १३:४५