प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लुम्बिनी आउँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लुम्बिनी आउने भएका छन् । फागुन १९ गते लुम्बिनी विश्व विद्यालयको पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुन प्रधानमन्त्री “प्रचण्ड” लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था रहेका कारण प्रचण्ड बैठकमा सहभागी हुन आउन लागेका हुन । सो अवसरमा प्रधानन्त्री प्रचण्डले लुम्बिनीमा रहेको विश्वविद्यालयको नवनिर्मित केन्द्रिय कार्यालय र देवदहमा रहेकोे विश्वविद्यालयको डिनको कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।


प्रकाशित : २०८० फाल्गुन १०, बिहीबार १६:११