मोरङमा ट्रक पल्टिँदा तीन बालकको च्यापिएर मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा ३ बालबालिको च्यापिएर मृत्यु भएको छ । ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका हुन्। प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए । यति बेला स्थानीयहरू सो दुर्घटनाको विरोधमा उत्रिएका छन् भने घटनाको थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १५:३५