
प्रथम शुद्धोधन अन्तरपालिका स्तरीय कर्मचारी क्रीकेट कप प्रतियोगीता आज बाट सुरु भएको छ। रुपनदेहीको शुद्धोधन ३ मा रहेको सहिद रामेश्वर यादव खेलमैदान आज बाट अन्तरपालिका स्तरीय कर्मचारी क्रीकेट कप प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको उद्घाटनका अवशरमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई , शुद्धोधन गाउपालीकाका अध्यक्ष बिष्णु बस्याल , उपाध्यक्ष शान्ता देबी ज्ञवाली प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोख्रेल वडा न ४ का अध्यक्ष केशव अधिकारी लगायतले बोल्दै खेलको माध्यम बाट पहिचान सगै परिवर्तन गर्न सकिने बताउनु भयो ।
यसैबिच आज आयोजक शुदोधन गाउँपालिका र सम्मरीमाई गाउँपालीका बिच पहिलो क्रिकेट प्रतिस्पर्धा भएको छ । आज भएको प्रतियोगीतामा आयोजक शुदोधन गाउँपालिका बिजयी भएको छ । निधारित १६ ओभरको खेलमा आयोजक शुदोधन गाउँपालिकाले १३१ रन बनाएको थियो । १३२ रनको लक्ष्य पक्षाएको सम्मरीमाई गाउँपालीका लक्ष्य पुरा गर्न नसकेपछी प्रतिस्पर्धा बाट बाहिरिएको छ ।
प्रतियोगितामा रुपन्देहीका १६ वटा पालिका कर्मचारीहरुको सहभागीता रहेको छ। प्रतियोगिता फागुन १७ गतेसम्म चल्ने छ।

